Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:२३

विस्वासको मत खोज्न सुदूरपश्चिमका मुख्यमन्त्री काठमाण्डौँमा

सम्बाददाता सम्बाददाता
शनिबार, माघ २१, २०७९
विस्वासको मत खोज्न  सुदूरपश्चिमका मुख्यमन्त्री काठमाण्डौँमा

सरकार गठनको महिना दिन पुग्नै लाग्दा नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी बढेको छ। विश्वासको मत खोज्दै मुख्यमन्त्री राजेन्द्रसिंह रावल विहिबार पुनः काठमाण्डौँ पुगेका हुन्।

नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा झनै छटपटी बढेको छ। यहीबीचमा नागरिक उन्मुक्ति पार्टीको विषयमा छलफल गर्न मुख्यमन्त्री रावल पुनः काठमाडौँ पुगेका छन्।

यसअघि पनि विश्वासको मतकै लागि मुख्यमन्त्री रावल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले बालकोटमा छलफल गरेको थियो।

 

एमाले सचिव लेखराज भट्ट, पूर्वमन्त्री झपट बोहरालगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको संवादलाई अर्थपूर्ण रुपमा लिइएको थियो। विश्वासको मत पाउनेमा ढुक्क भएर फर्किएका मुख्यमन्त्री रावल विहिबार नै नागरिक उन्मुक्तिका नेता एवं प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेपछि सोहि दिन मुख्यमन्त्री रावल काठमाण्डौँ गएका हुन्।

मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा यसअघि भेटघाट र संवाद केन्द्रित थियो। तर परिस्थिती अहिले पुनः अर्कै बनेपछि हतारहतार मुख्यमन्त्री रावल संघीय राजधानी पुगेका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलबन्दीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ।

मुख्यमन्त्री रावल नेतृत्वको सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले समर्थन जनाइरहँदा सरकारले माघ माहिनाभित्रै रिहाइ गर्ने वचनबद्धता जाहेर गरेको थियो। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले शुक्रवारसम्म प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर बहुमत सदस्यको विश्वासको मत पाउनेमा ढुक्क नभएपछि मुख्यमन्त्री रावल पुनः काठमाडौं केन्द्रित राजनीतिक भेटघाट बढाएका हुन्।

प्रतिक्रिया