Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०७:०७

पेलाको ‘के लत बस्यो’ लाई ३ युट्युबमा मिलियन बढी ‘भ्यूज’

सम्बाददाता सम्बाददाता
सोमबार, माघ १६, २०७९
पेलाको ‘के लत बस्यो’ लाई ३ युट्युबमा मिलियन बढी ‘भ्यूज’

पछिल्लो समय चर्चा कमाइरहेको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १८ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ।

गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजार पटक हेरिएको हो।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो। राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका हुन्।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डाक्टर प्रदीकुमार मैनालीले लखेका हुन्। गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन्।

शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ। सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन्। खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ। 

प्रतिक्रिया