Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:३३

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

सम्बाददाता सम्बाददाता
सोमबार, माघ १६, २०७९
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

सरकारी कार्यालयहरु आज (सोमवार) देखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्।

कात्तिक १६ गतेदेखि आइतवार माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु सोमवारदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ। जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।  शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया