Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ ११:३०

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन युक्रेनमा

एजेन्सी एजेन्सी
सोमबार, माघ ०९, २०७९
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन युक्रेनमा

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको राजधानी किभका विभिन्न क्षेत्रको भ्रमण गरेका छन्।

आइतबार उनले सहरको बाहिरी भागको भ्रमण गरेका थिए। उनी किभ पुग्दा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र केही मन्त्रीहरूले उनलाई स्वागत गरेका थिए।

कन्जरभेटिभ पार्टीका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री जोनसनले राष्ट्रपति जेलेन्स्कीको निमन्त्रणामा युक्रेन भ्रमण गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन्।

बेलायतमा आफ्नो व्यक्तिगत खर्चको विषयमा चर्चा भइरेको बेला जोनसनको यो अघोषित भ्रमणले उनीमाथि फेरि प्रश्न खडा गरेको बिबिसीले जनाएको छ।

बीबीसीका अध्यक्ष रिचर्ड सार्पले जोनसनलाई प्रधानमन्त्री हुँदा ऋण ग्यारेन्टी पाउन मद्दत गरेको दाबी गरिएको छ। जोन्सन सरकारलेनै शार्पलाई बीबीसीको अध्यक्ष नियुक्त गरेको थियो।

युक्रेन भ्रमणका क्रममा उनले आफ्नो ऋणको समाचारका विषयमा कुनै प्रतिक्रिया दिएनन्। 

‘म युक्रेनको सच्चा मित्र बोरिस जोनसनलाई कीभमा स्वागत गर्दछु। तपाईँको समर्थनको लागि धन्यवाद बोरिस!,’ जोनसनको भ्रमणबारे जानकारी दिँदै राष्ट्रपति जेलेनेस्कीले जेलेन्स्कीले टेलिग्राममा लेखेका छन्।

बोरिस जोनसनले राजधानी किभको उत्तरपश्चिममा रहेको बुचा र बोरोडिका सहरहरूको पनि भ्रमण गरेका थिए। जुन गत वर्ष मार्चमा रूसी सेनाले कब्जा गरेका थिए। यहाँ कयौं सर्वसाधारणले ज्यान गुमाएका थिए।

रूसी सेनालाई बाहिर निकालेपछि दुई सहरबाट ठूलो मात्रामा हिंसा र विनाश भएको तस्बिरहरू सार्वजनिक भएइका थिए। बुचा सहरको सडक छेउमा सर्वसाधारणको शव पनि फेला परेको बिबिसीले जनाएको छ।

भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री जोनसनले युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको युक्रेनले जतिसक्दो चाडो जित्नु र पुटिन फेल हुनु रहेको प्रतिक्रिया दिएका छन्। 

‘युक्रेनका जनताको पीडा धेरै लामो समयसम्म चलेको छ। यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको युक्रेनले जतिसक्दो चाँडो जित्नु हो। यसका लागि आवश्यक सबै उपकरणहरू प्रयोग गर्नुपर्ने हुन्छ। पुटिन जति चाँडो असफल हुन्छन्, युक्रेन र विश्वको लागि त्यति राम्रो हुन्छ।’

प्रतिक्रिया