Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ ०५:२८

शैल्यशिखरमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधी मेलौलीलाई, उपविजेता बन्यो मार्मा

सम्बाददाता सम्बाददाता
आइतबार, माघ ०८, २०७९
शैल्यशिखरमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधी मेलौलीलाई, उपविजेता बन्यो मार्मा

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित वडा नम्बर २ मा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । देथला खेलकुद विकास समितीको आयोजनामा गत माघ ३ गतेदेखि सञ्चालित पुरुष भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

आज भएको फाइनल खेलमा मिस्टर मार्माको टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै मेलौली नगरपालिकाले प्रतियोगिताको उपाधी जितेको हो । उपाधी संगै मेलौली नगरपालिकाको टिमले नगद ४० हजार सहित ट््रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मार्माले नगद २५ हजार सहित ट््रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितमा शैल्यशिखर नगरपालिकाले तृतिय स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

माघी पर्वको अवसर पारेर देथला खेलकुद विकास समितीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितमा २५ वटा टिमको सहभागिता रहेकोमा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका  मार्माका खेलाडी लोकेन्द्र चन्द उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने गोकुलेश्वर माद्यमिक विद्यालयका सुरेश बिष्टलाई अनुशासित खेलाडीका रुपमा पुरस्कृत गरिएको देथला खेलकुद विकास समितीका अध्यक्ष मुकेश पालले जानकारी दिए ।

देथला खेलकुद विकास समितीले झण्डै एक दशकदेखि माघी पर्वको अवसर पारेर हरेक वर्ष पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया