Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५१

शैल्यशिखरका ४ वडामा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

Wide Nepal News
आइतबार, जेठ ०१, २०७९
दार्चुलाको शैल्यशिखर नगरपालिकाका ४ वटा वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ काखे वडाध्यक्षमा एमालेका ५ सय ९८ मतसहित एमालेका भरतबहादुर खडायत विजयी भएका छन् । यस्तै २ नम्बर वडामा एमालेका उम्मेदवार ४ सय ९६ मतसहित नरेन्द्र बहादुर पाल, वडा नम्बर ३ बाट ४ सय ११ मतसहित एमालेकै पदमबहादुर चन्द विजयी भएका छन् । यस्तै भरखरै प्राप्त जानकारी अनुसार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ मा एमाले उम्मेदवार ५ सय १ रामसिंह ठगुन्ना विजयी भएका छन् । यता मेयर पदमा ४ वटा वडाको मतगणना सकिदासम्म अहिलेसम्म नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको बताइएको छ । नेपाली कांग्रेशका उम्मेदवार अमरसिंह धामीले अहिलेसम्म १ हजार ६ सय ४२ मत प्राप्त गर्दा एमाले उम्मेदवार विजयसिंह धामीले २ हजार ४९ मत प्राप्त गरेका छन् । ४ सय ७ मतअन्तरले एमाले उम्मेदवार धामीले अग्रता कायम गरिरहेका छन् । गोकुलेश्वर बहुमुखी क्याम्पसको हलमा अहिले वडा नम्बर ५ को मतगणना जारी छ ।

प्रतिक्रिया