Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:५४

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिने

सम्बाददाता सम्बाददाता
मङ्गलबार, पुष २६, २०७९
प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

बैठक बिहान ११ बजे बस्नेछ। प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरूले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्यान्डेट प्राप्त हुनेछ।

यदि, प्रचण्डले विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ। विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ।

प्रतिक्रिया