Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:२६

महाकाली तटबन्ध विवाद : दार्चुलामा दुबै देशका अधिकारीसहित नागरिकबिच छलफल

भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गर्दा दुबै देशबिच जनस्तरमा सम्बन्ध बिग्रिदै गएको ठम्याइँ
सम्बाददाता सम्बाददाता
सोमबार, पुष २५, २०७९
महाकाली तटबन्ध विवाद : दार्चुलामा दुबै देशका अधिकारीसहित नागरिकबिच छलफल

दार्चुलामा भारतीय अधिकारीसहित नेपाल र भारतका नागरिकबीच छलफल भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भारतीय अधिकारीसहित नेपाल र भारतका नागरिकबीच आइतबार छलफल भएको हो।

तटबन्ध निर्माणले जनस्तरमा बिग्रिदै गएको सम्बन्ध सुधारका लागि छलफल गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

छलफलमा भारतका तर्फ धार्चुलाका स्थानीय, एसडीएम, तटबन्ध निर्माण कम्पन्नीका प्रतिनिधि तथा नेपालकातर्फबाट स्थानीय, सीडिओ, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। छलफलका क्रममा नेपाली नागरिकहरुले भारतले बनाएका अस्थायी संरचना हटाउनुपर्ने माग गरेका छन्।

यो बिषयमा भारतीय पक्ष समेत सकारात्मक रहेको बताइएको छ। महाकाली नदीले दार्चुला र धार्चुला दुवैतिर क्षति नगर्ने गरी तटबन्ध निर्माणको काम अगाडि बढाउनु पर्ने दुवै देशका स्थानीयको माग छ। विवाद पछि रोकिएको तटबन्ध निर्माणको काम पनि सुचारु गर्न दुवै देशका नागरिक सहमत भएका छन्। यस्तै, तटबन्ध निर्माणको क्रममा कुनै विवाद आए दुवैतर्फका प्रशासनलाई जानकारी गराएर छलफल गर्ने सहमती पनि बैठकमा भएको छ। 

प्रतिक्रिया