Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:४२

बझाङको कालंगागाड जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बलाँच सबस्टेशनमा जोडिदैं

सम्बाददाता सम्बाददाता
सोमबार, पुष २५, २०७९
बझाङको कालंगागाड जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बलाँच सबस्टेशनमा जोडिदैं

कालंगाबाट उत्पादित विद्युत  बलाँचमा आज करेन्ट प्रवाह गरिदैं छ । बझाङको कालंगागाड जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दार्चुलाको  बलाँचस्थित सबस्टेशनमा जोडेर आजबाट प्रशारण लाइनमा करेन्ट प्रवाह गरिने भएको हो।

बुंगल नगरपालिका र चिरवित्थड गाउँपालिकामा निर्माणाधिन आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम पुरा भएर  बलाँचबाट करेन्ट प्रवाह गर्न लागिको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सो अवधिमा सचेत रहन स्थानीयलाई आग्रह समेत गरिएको छ। सुनकडा–बलाच १३२ केभी प्रशारण लाइनमा पोल गाडने र लाइन खिच्ने काम समेत पुरा भएर आज परीक्षण गरिन लागेको हो।

प्रशारण लाइनमा विद्युत चार्जिङ हुने भएकाले टावर नजिक नजान जिल्ला प्रशासनले आग्रह गरेको छ। चिरबिथ्थड गाउँपालिका–८ रुपैलस्थित विद्युत गृहबाट बलाचमा रहेको सबस्टेशनसम्म विद्युत चार्जिङ हुँदैछ।
 

प्रतिक्रिया