Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:४३

तुइनबाट खसेर महाकालीमा ४ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्, प्रहरीद्धारा खोजि कार्य जारी

सम्बाददाता सम्बाददाता
आइतबार, पुष २४, २०७९
तुइनबाट खसेर महाकालीमा ४ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्, प्रहरीद्धारा खोजि कार्य जारी

दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता भएका छन्। जिल्लाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका हुन्।

बिहीबार दिउँसो नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका हुन्।

ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र विष्ट तुइन तर्ने क्रममा खसेर बेपत्ता रहेको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए। घटना गत बिहीबार भएको भए पनि हिजो मात्र बाहिर आएको हो। 

तुइनबाट खसेर बालक बेपत्ता रहेको जानकारी पाएलगत्तै घटना भएको क्षेत्र आसपासमा हिजो बिहानैदेखि प्रहरीले बालकको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया