Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०६:१५

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाको अध्यक्षमा जनकसिंह बोहरा चयन

सम्बाददाता सम्बाददाता
आइतबार, पुष २४, २०७९
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाको अध्यक्षमा जनकसिंह बोहरा चयन

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुला जिल्ला कार्य समितीको नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती निकट कर्मचारीहरुको सनिबार (हिजो) सम्पन्न भएको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । 

बैठकले जनकसिह बोहरा अध्यक्ष रहने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाको जिल्ला कार्यसमिति उपाध्यक्षमा रविन्द्र पुनमगर, दुर्गेश विष्ट, माधवी वोहरा सचिवमा दिनेशसिह धामी सहसचिवमा गणेश भट्ट कोषाध्यक्षमा खेमराज कपाडी र सहकोषाध्यक्षमा श्यामसिह महता चयन भएका छन् । 

कार्यसमिति सदस्यहरुमा प्रेम डडाल, नविन धामी, माया धामी, मानसिह कार्की, शैलेन्द्र महरा, हरिदत्त भट्ट, पदम विष्ट, तर्कराज भट्ट, कविराज धामी, रंगलाल महत, अशोकसिह धामी र देवदत्त भट्ट चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाका अध्यक्ष जनकसिह बोहराले जानकारी दिए । 

वैठकले सर्वसम्मत रुपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि, केन्द्रिय महाधिवेशन पर्यवेक्षक र प्रदेश प्रतिनिधि र प्रदेश पर्यवेक्षक चयन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुलाका अध्यक्ष बोहराले बताए ।

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चक्रसिह धामी, दुर्गेश विष्ट, सुन्दरी अवस्थी, रमेश ओखेडा, मानबहादुर खडायत र टिकेन्द्र कुमार सिंजापती चयन गरिएको उहाँले बताउनुभयो । केन्द्रिय महाधिवेशन पर्यवेक्षकमा रविन्द्र पुनमगर, रमेशराज भट्ट र  दिनेशसिह धामी चयन भएका छन् । 

त्यस्तै प्रदेश प्रतिनिधिमा ४ जना र प्रदेश पर्यवेक्षकमा ३ जना सर्वसम्मत चयन गरिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा रमेशराज भट्ट, बासुदेव जोशी, गजेन्द्र जोशी र बासुदेव महरा चयन भएका छन् भने प्रदेश अधिवेशन पर्यवेक्षकमा पदम विष्ट, धनसिह विष्ट र देवदत्त भट्ट चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दार्चुला कार्य समितीले बताएको छ । 

प्रतिक्रिया