Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:३८

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाको बैठक सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, पुष १७, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाको बैठक सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दार्चुलाको बैठक सम्पन्न भएको छ ।

शनिबार बसेको  प्रतिष्ठानको दार्चुला कार्य समितिको  बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । 

जिल्ला कार्य समिति दार्चुलाको बैठकले जिल्लाका ९ वटै स्थानीय तह तथा वडाहरुमा समेत समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने प्रादेशिक अधिवेशनमा प्रतिनिधि पठाउने निर्णय गरेको प्रतिष्ठानका दार्चुला जिल्ला कार्य समिति अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

बैठकले प्रादेशिक अधिवेशनका लागि प्रतिष्ठानका अध्यक्ष भोजराज भट्ट, निवर्तमान अध्यक्ष मनोजसिंह धामी र सचिब महादेव ठगुन्नालाई प्रतिनिधि चयन गरेको तथा उपाध्यक्ष बिस्ना धामी र कोषाध्यक्ष राजेन्द्र साँउदलाई पर्यवेक्षकका रूपमा पठाउने निर्णय गरेको जिल्ला कार्य समिती अध्यक्ष भट्टले बताए ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुला कार्य समितीले शिवरात्री मेलाका अवसरमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने तयारी गरिरहेको बताइएको छ । 

प्रतिक्रिया