Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:३८

युवा उद्यमशिलता तथा मौरिपालन व्यावसाय प्रबर्द्धन सम्बन्धि नौगाड गाउँपालिकामा अभिमुखिकरण सम्पन्न

सम्बाददाता सम्बाददाता
बिहिबार, पुष १४, २०७९
युवा उद्यमशिलता तथा मौरिपालन व्यावसाय प्रबर्द्धन सम्बन्धि नौगाड गाउँपालिकामा अभिमुखिकरण सम्पन्न

युवा उद्यमशिलता तथा मौरिपालन व्यावसाय प्रबर्द्धन परियोजना सम्बन्धि नौगाड  गाउँपालिकामा १ दिने अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नवप्रबद्र्धन साझेदारी कोस अन्तर्गत प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत आ ब २०७९।८० मा नौगाड गाउपालिकामा सन्चालन हुने युवा उद्यमशिलता तथा मौरिपालन व्यावसाय प्रबर्द्धन परियोजनाका बारेमा उद्यमी तथा किसानहरुलाई जानकारी दिने उद्धेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

सुदूरपश्चिम प्रदेश सरकार र नौगाड गाउँपालिकाको नवप्रवद्र्धन साझेदारी कोष अन्तर्गत व्यावसायिक अल्लो प्रसोधन कार्यक्रम र व्यावसायिक माहुरिपालन कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 

उक्त परियोजनाबाट गाउँपालिकामा अल्लो उत्पादन तथा मौरीपालन व्यवसायमा संलग्न उद्यमीलाई तालिम दिइनुका साथै आवस्यक सामग्री वितरण गरिने नौगाड गाउँपालिकाका कृषि तथा पशुपन्छी बिकास शाखा प्रमुख प्रकाशसिंह धामीले बताए ।  नौगाड गाउपालिकाको कृषि तथा पशुपन्छी बिकास साखाको बार्षिक  स्वीकृत कार्यक्रम अनुसार पनि माहुरीका करिब ४ सया भन्दा बढि आधुनिक घारहरु बितरण गरिने उनले बताए । 

बुधबार सम्पन्न अभिमुखिकरण कार्यक्रममा नौगाढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीको प्रमुख आथित्यता रहेको थियो ।

प्रतिक्रिया