Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:४४

निर्मलाको न्यायका लागि अधिकतम पहल गर्छु : गृहमन्त्री लामिछाने

सम्बाददाता सम्बाददाता
सोमबार, पुष ११, २०७९
निर्मलाको न्यायका लागि अधिकतम पहल गर्छु : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

पदभार ग्रहण गरेपछि गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय निर्मलाको न्यायका लागि पहल गर्ने हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन समेत निर्देशन दिएका छन् । 

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्न दोषीको अहिले सम्म पहिचान हुन सकेको छैन् । ०७५ साउन १० गते आफ्नो साथी रोसनी घरमा गहृकार्य गर्छु भन्दै हिँडेकी निर्मला कहिले नफर्कने गरी अस्ताएको ४ बर्ष बढी भइसकेको छ । 

प्रतिक्रिया