Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:४६

राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा वृद्धाश्रममा न्यानो कपडा वितरण

सम्बाददाता सम्बाददाता
सोमबार, पुष ११, २०७९
राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा वृद्धाश्रममा न्यानो कपडा वितरण

दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०७९ देशभर विभिन्न कार्यक्रम गरि मनाइदैं छ । 

यसैबिच दिवसको अवसर पारेर दार्चुलाको शैल्यशिखर नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ओमशान्ती वृद्धाश्रममा बस्ने जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) तथा फलफूल वितरण गरेको छ । 

शैल्यशिखर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा वडा नम्बर ९ गोकुलेश्वरस्थित ओमशान्ती वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै वृद्धाश्रममा बस्नु हुने ८ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रजनी पाल (चन्द) ले जानकारी दिएका छन् । 

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका  महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पालले जेष्ठ नागरिकको सम्मान तथा सामाजिक सुरक्षाका लागि आगामी दिनमा थप कामहरु गर्न आफूहरु तत्पर रहेको बताएका छन् । 

नेपाल सरकारले विक्रम संवत् २०५१ साल पुष ११ गते नेपालमा सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ताको सुरुवात गरिएको दिनको स्मरणमा गत वर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो । 


 

प्रतिक्रिया