Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:२९

शिक्षक मृत्यु प्रकरण: सीआइबीको टोली बैतडी पुग्यो, ४ शिक्षकसहित ११ जना पक्राउ

सम्बाददाता सम्बाददाता
बुधबार, पुष ०६, २०७९
शिक्षक मृत्यु प्रकरण:  सीआइबीको टोली बैतडी पुग्यो, ४ शिक्षकसहित ११ जना पक्राउ

बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली बैतडीको पाटन पुगेको छ।

प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

सीआइबीको टोलीले बैतडी प्रहरीसंग मिलेर घटनाको संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणलाई लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। 

४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ। 

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिले सम्म शव बुझ्न मानेका छैनन्। यद्यपि शवको पोष्टमार्टम भने गरिसकिएको छ। 

कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट भोलि पल्ट छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए। 
 

प्रतिक्रिया