Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:४२

देउवासित चुनाव लडेका ढकालद्धारा गोकुलेश्वरस्थित बादी बस्तीका बालबालिकालाई 'ज्याकेट' सहयोग

सम्बाददाता सम्बाददाता
मङ्गलबार, पुष ०५, २०७९
देउवासित चुनाव लडेका ढकालद्धारा गोकुलेश्वरस्थित बादी बस्तीका बालबालिकालाई 'ज्याकेट' सहयोग

युवा इन्जिनियर सागर ढकालले आर्थिक रुपमा विपन्न दार्चुलाका वादी समुदायका बालबालिकालाई न्यानो लुगा वितरण गरेका छन् । 

गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री सेरबहादुर देउवासित डडेल्धुराबाट चुनाव लडेर चर्चामा आएका गुल्मीका ढकालले पराजित भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरेका थिए । 

सोही क्रममा केहि दिनअघि ढकालले दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरमा अव्यवस्थित जीवन बिताउदैं आइरहेका वादी बस्तीको समेत अवलोकन गरेका थिए । वादी बस्ती अवलोकन गरेपछि आफू भावूक भएको तथा उक्त समुदायको उत्थानका लागि आफूले सक्दो काम गर्ने प्रतिक्रिया दिएका थिए ।

उनले आफू काठमाडौं फर्केपछि आवस्यकताका आधारमा वादी समुदायका २५ जना विपन्न बालबालिकालाई चिसो छल्न भन्दै पठाएका २५ थान न्यानो लुगा सहयोग गरिएको गोकुलेश्वरका स्थानीय नरेश बिष्टले जानकारी दिए । 

हिउँदको कठ्यांग्रिदो चिसोमा आफूहरुलाई ज्याकेट सहयोग गराएकोमा खुसी व्यक्त गर्दै वादी समुदायका बालबालिकाले इन्जिनियर ढकाललाई धन्यवाद दिएका छन् । 

यस्तै उनले आफूले चुनावमा भाग लिएको डडेल्धुरा जिल्लाका आर्थिक रुपमा विपन्न परिवारका केही बालबालिकालाई पनि न्यानो लुगा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया