Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:२१

शैल्यशिखरमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया, १७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

सम्बाददाता सम्बाददाता
शुक्रबार, पुष ०१, २०७९
शैल्यशिखरमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया,  १७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दार्चुलाको शैल्यशिखर नगरपालिकाले एकदिने शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती अध्यक्ष, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुको सहभागितामा शुक्रबार (आज) शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

शैल्यशिखर नगरपालिका शिक्षा, यु्वा तथा खेलकुद शाखाको आयोजनामा नगर शिक्षा समितिका सदस्यहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती अध्यक्ष, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुको सहभागितामा  अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिएका छन् । 

नगरपालिका भित्रका ५७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र  अन्य सरोकारवालाहरुको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको तथा विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार गर्न, स्थानीय पाठ्यक्रम निर्माण गर्ने लगायतका विषयमा छलफल  गरि आगामी शैक्षिक रणनिती तयार गर्न १७ बुदेँ शैक्षिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए । 

वडा नम्बर ७ का वडाध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख विजयसिंह धामी प्रमुख अतिथी र नगर उपप्रमुख शान्ती खडायत विशिष्ट अतिथी रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट र नगरपालिकाका शिक्षाविद् गणेशराज बिष्टले शैल्यशिखर नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक स्थिती र आगामी योजनाका बारेमा प्रस्तुती दिएका थिए । 

नगरप्रमुख धामीले शैल्यशिखर नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । उनले समाजलाई सही दिशानिर्देश गर्न शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने भन्दै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सघाउन प्रधानाध्यापक र विव्यस अध्यक्षहरुलाई आग्रह गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्टले प्रधानाध्यापकहरु शैक्षणिक नेता भएकाले शैक्षिक गुणस्तर सुधार तर्फ मात्रै ध्यान दिनुपर्ने तथा विद्यालयमा भौतिक संरचना निर्माणका लागि प्रधानाध्यापकहरुले ठेकेदारको जस्तो भूमिका ननिभाउन आग्रह गरे । उनले विद्यालयमा भौतिक संरचना निर्माण गर्ने तथा त्यसका लागि पहल गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिको रहेको औल्याए । 

यस्तो छ शैल्यशिखर नगरपालिका र नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले जारी गरेको १७ बुदेँ प्रतिबद्धता पत्र :

प्रतिक्रिया