Wide Nepal News शनिबार १५, बैशाख २०८१ ०६:०१

एनवाईसिए बैतडीद्धारा महिला सशक्तिकरणका लागि सीप विकास तालिमको आयोजना

सम्बाददाता सम्बाददाता
सोमबार, मङि्सर २६, २०७९
एनवाईसिए बैतडीद्धारा महिला सशक्तिकरणका लागि सीप विकास तालिमको आयोजना

जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसिए) बैतडीले आयोजना गरेको च्याउ उत्पादन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । 

एनवाईसिए बैतडीको आयोजना तथा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको प्राबिधिक सहयोगमा महिला सशक्तिकरणका लागि सञ्चालित ३ दिने च्याउ उत्पादन सम्बन्धि तालिमको आयोजना गरिएको जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसिए) बैतडीका मिडिया को-अर्डिनेटर लोकेन्द्र खत्रीले जानकारी दिएका छन् ।

तालिममा बैतडी र दार्चुलाका १ सय ४ जना महिलाहरुको सहभागिता रहेको थियो । गत शनिबारदेखि सञ्चालन भएको उक्त तालिममा सहभागिहरुलाई च्याउ उत्पादन सम्बन्धि सीप विकास तालिम दिइनुका साथै आवस्यक सामाग्री वितरण गरिएको मिडिया को-अर्डिनेटर खत्रीले बताए ।

च्याउ उत्पादन सम्बन्धि ३ दिने तालिमको समापन समारोहमा डिलासैनी गाउँपालिकास्थित वडा नम्बर ६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा, प्रशिक्षक तिलक नाथ योगी, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका संयोजक लिलाधर जोशी लगायतको सहभागिता रहेको थियो । 

तालिम प्राप्त गरेपछि सहभागि महिलाहरुले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै अबका दिनमा च्याउ उत्पादन गरेर बजारमा बेच्ने तथा स्थानीयस्तरमा आफूहरु उद्यमशिलतातर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेका थिए । 

जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसिए) ले देशका विभिन्न स्थानमा जलवायु परिवर्तन सम्बन्धि जनजागरण गर्दै आइरहेको छ । 

प्रतिक्रिया