Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:२०

मायाका हत्या आरोपित प्रहरी जवान पक्राउ

सम्बाददाता सम्बाददाता
आइतबार, मङि्सर १८, २०७९
मायाका हत्या आरोपित प्रहरी जवान पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षीया माया लुहारका हत्यामा संलग्न आरोपित पक्राउ परेका छन् ।

मायाको हत्यामा संलग्न आरोपित सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो । कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाउने तयारी भइरहेको पन्तले बताए ।

कोली शिवनाथ गाउँपालिका–४ घर भएका २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । मायाको हत्यामा संलग्न रहेको भन्दै मृतकका परिवारले उनीमाथि किटानी जाहेरी दिएपछि उनी फरार भएका थिए ।  

प्रतिक्रिया