Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:२९

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शैल्यशिखर नगरपालिकाद्धारा अभिमुखिकरण

सम्बाददाता सम्बाददाता
शनिबार, मङि्सर १७, २०७९
३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शैल्यशिखर नगरपालिकाद्धारा अभिमुखिकरण

'समावेशी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान' नाराका साथ नेपालसहित विश्वभर आज ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैं छ । 

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्लाका शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका लगायतका स्थानीय तहले दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुसित अभिमुखिकरण समेत गरेका छन् । 

महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा शैल्यशिखर नगरपालिकाले अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको तथा दार्चुलास्थित सरकारी वकिल कार्यालयका प्रमुख लक्ष्मण खनालद्धारा अपाङ्गता सम्बन्धी कानुनी प्रावधानका विषयमा प्रशिक्षण दिइएको शैल्यशिखर नगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख रजनी पाल (चन्द)ले जानकारी दिएका छन् । 

अभिमुखिकरण कार्यक्रममा नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरु, जनप्रतिनिधी तथा सरोकारवालाको सहभागिता रहेको र अपाङ्गता सम्बन्धी आवस्यक परामर्श दिइएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया