Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:३९

धनगढीमा ग्रेडरले कुल्चिएर विद्यालय जादैं गरेकी बालिकाको मृत्यु, विद्यार्थीहरु आन्दोलित

सम्बाददाता सम्बाददाता
बिहिबार, मङि्सर १५, २०७९
धनगढीमा ग्रेडरले कुल्चिएर विद्यालय जादैं गरेकी बालिकाको मृत्यु, विद्यार्थीहरु आन्दोलित

धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले बताएको छ।  पञ्चोदय माविका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका हुन्।

उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। आज बिहान धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना साउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया