Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०२:३०

शिवनाथमा एक किशोरीको विभत्स हत्या

सम्बाददाता सम्बाददाता
बुधबार, मङि्सर १४, २०७९
शिवनाथमा एक किशोरीको विभत्स हत्या

बैतडीको शिवनाथमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो।

सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन्।  

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन्।  

नेहा घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको प्रहरीले बताएको छ। पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी छन्। 

प्रतिक्रिया