Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:५१

सुदूरपश्चिम प्रदेश सभा सदस्यमा धार्मिक अभियन्ता विक्रमसिंह धामी निर्वाचित

सम्बाददाता सम्बाददाता
बुधबार, मङि्सर ०७, २०७९
सुदूरपश्चिम प्रदेश सभा सदस्यमा धार्मिक अभियन्ता विक्रमसिंह धामी निर्वाचित

सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दार्चुला १ बाट नेपाली कांग्रेशका उम्मेदवार विक्रमसिंह धामी विजयी भएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको साथ पाएका धामी एमाले उम्मेदवार हरदेव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले १५ हजार  १२७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जोशीले १३ हजार ४५१ मत प्राप्त गरेका छन् ।

लामो समयदेखि धार्मिक अभियन्ताका रुपमा पहिचान बनाएका धामीले आफू निर्वाचित भए दार्चुलामा रहेका धार्मिक र पर्यटकीय गन्तव्यको प्रबद्र्धन गरि तीर्थहरुको जिल्लाका रुपमा विकास गर्ने बताउदैं आएका थिए ।

यसअघि प्रदेश सभा २ मा पनि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी (सन्तोष) एमालेका ररामदत्त जोशीलाई १ हजार ३ सय २५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।  

प्रतिक्रिया