Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:२२

दार्चुलामा संसदीय निर्वाचन संग्राम: झिनो मतान्तरसहित ठगुन्नाको अग्रता कायमै

सम्बाददाता सम्बाददाता
बुधबार, मङि्सर ०७, २०७९
दार्चुलामा संसदीय निर्वाचन संग्राम: झिनो मतान्तरसहित ठगुन्नाको अग्रता कायमै

दार्चुलामा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना र सत्ता गठबन्धनका उम्मेदवार दिलेन्द्रप्रसाद बडूबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

शुरुवाती अग्रता लिइरहेका नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई पछि पार्दै ठगुन्नाले ३ सय २५ मतको झिनो मतान्तरको अग्रता लिइरहेका छन्। 

१९ हजार १७२ मत गणना हुँदासम्म ठगुन्नाले ९ हजार ३५० मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले ९ हजार २५ मतसहित पछ्याइरहेका छन् । 

राप्रपाका नरेन्द्रसिंह धामीले १४८ मत प्राप्त गरेका छन् । 

कूल ८९ हजार १ सय ५४ मतदाता रहेको दार्चुलामा गत मंसिर ४ मा भएको निर्वाचनमा ५८ हजार ५८ मत खसेका थिए । प्रतिनिधी सभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा गठबन्धनका उम्मेदवार बडू र एमालेका ठगुन्ना बिच यतिखेर मुख्य प्रतिस्पर्धा भइरहेको छ । 

हालसम्म अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका, व्यास गाउँपालिका  गाउँपालिकाको मतगणना सम्पन्न भइसेको छ भने दुहँ गाउँपालिको जारी छ । 

यसअघि प्रदेश सभा २ मा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तोषबहादुर धामीले १ हजार ३ सय १५ मतको अन्तरले एमाले उम्मेदवार रामदत्त जोशीलाई पराजित गर्दै विजयी भएका छन् भने प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार विक्रमसिंह धामीले एमालेका हरदेव जोशी सित सुरुवाती अग्रता कायम राखेका छन् । 

प्रतिक्रिया