Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५६

शैल्यशिखरमा एमाले उम्मेदवार विजयसिंह धामी विजयी, दार्चुलामा कांग्रेश निल हुने सम्भावना

Wide Nepal News
सोमबार, जेठ ०२, २०७९
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाको नयाँ नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एमाले उम्मेदवार विजयी भएका छन् । भरखरै प्राप्त जानकारी अनुसार कुल ९ वटा वडा रहेको शैल्यशिखर नगरपालिकामा ८ वटा वडामा प्यानलसहित मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । शैल्यशिखर नगरपालिकाको मेयर पदमा शैल्यशिखर नगरपालिका निवर्तमान मेयर एवं नेपाली कांग्रेश उम्मेदवार अमरसिंह धामीलाई हराउदैं  एमालेका उम्मेदवार विजयसिंह धामी विजयी भएका छन् भने उपमेयर पदमा निवर्तमान उपमेयर एवं कांग्रेश उम्मेदवार राजमती बम (पाल) लाई पछि पार्दै एमालेकै शान्ती खडायत विजयी भएका हुन् । नगरभरी जम्मा खसेको १० हजार ७३ मत मध्ये सुर्यका मेयरले ५ हजार ५०९ मत ल्याउदै नेपाली काङ्ग्रेसका उम्मेदवार धामीलाई ८ सय ४७ मतले पराजित गर्दै शैल्यशिखर नगरपालिकाको मेयरमा बिजय सिंह धामीले जित निकालेका हुन् । यस्तै उपमेयरमा ५ हजार ६४८ मत ल्याउदै  १ हजार ०७३ को फराकिलो मतान्तरले काङ्ग्रेस उम्मेदवार पाललाई पराजित गर्दै शैल्यशिखर नगरपालिकाको उपमेयरमा  खडायत विजयी भएका हुन् । वडा नम्बर १ का वडाध्यक्षमा ३९ मतअन्तरले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार भरतबहादुर खडायत, वडा नम्बर २ को वडाध्यक्षमा १ सय ३१ मतअन्तरले एमालेकै नरेन्द्रबहादुर पाल विजयी भएका छन् भने वडा नम्बर ३ को वडाध्यक्षमा ३६ मतअन्तरले एमाले उम्मेदवार पदमबहादुर चन्द निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ४ बाट ३९ मतअन्तरले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै एमाले उम्मेदवार रामसिंह ठगुन्ना विजयी भएका छन् भने वडा नम्बर ५ मा १ सय १८ मतअन्तरसहित एमालेका उम्मेदवार जनक बहादुर डाँगा विजयी भएका छन् । यता वि.सं. २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा शैल्यशिखरमा मेयर, उपमेयर सहित ६ वटा वडामा जित निकालेको नेपाली कांग्रेश यसपटक भने एक मात्र वडामा सिमित रहेको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मा १ सय ६९ मतअन्तरले नेपाली कांग्रेशका वडाध्यक्षका उम्मेदवार जगदीश धामी प्यानलसहित विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै  वडा नम्बर ७ मा २ सय २१ मतान्तरसहित एमाले उम्मेदवार पुष्पराज जोशी विजयी भएका छन् भने वडा नम्बर ८ मा २ सय ४४ मतान्तरसहित नेकपा एमालेका उम्मेदवार केशवदत्त जोशी विजयी भएका हुन् । यता शैल्यशिखर नगरपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ९ मा नेपाली कांग्रेशका उम्मेदवार देवदत्त बिष्टलाई पछि पार्दै ११ मतान्तरसहित नेकपा एमालेका उम्मेदवार प्रजापती पाण्डेय विजयी भएका छन् । यसैबिच जम्मा ९ वटा स्थानीय तह रहेको दार्चुलामा यसअघि ४ वटा स्थानीय तहमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले जित निकालेको छ । जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु क्रमश अपिहिमाल गाउँपालिका अध्यक्षमा भरतसिंह ठेकरे, मार्मा गाउँपालिका अध्यक्षमा जमनसिंह धामी, नौगाढ गाउँपालिका अध्यक्षमा दलजितसिंह धामी तथा लेकम गाउँपालिकामा रामदत्त जोशी (आर.डी) विजयी भएका हुन् । यस्तै नेकपा एमालेले जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार नरसिंह चैसिर र शैल्यशिखर नगरपालिकामा एमाले उम्मेदवार विजयसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्षमा हिरासिंह धामीले ले विजय प्राप्त गरेको छन्, भने दुँहु गाउँपालिका र व्यास गाउँपालिकामा समेत एमाले उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । गत स्थानीय तह निर्वाचनमा जिल्लामा ५ वटा स्थानीय तहको नेतृत्व गरेको नेपाली कांग्रेश अब ३ वटा मात्रै स्थानीय तहको नतिजा आउन बाकीँ छ, जहाँ एमाले उम्मेदवारले फराकिलो मतान्तरले अग्रता कायम गरिरहेका छन् । त्यसैले पनि यो पटक भने दार्चुलामा नेपाली कांग्रेश शुन्यमा झर्ने आशंका गरिन थालेका छन् । स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया