Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:५२

आफ्नो सरकार बने २० लाख युवालाई रोजगारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेको घोषणा

सम्बाददाता सम्बाददाता
शुक्रबार, मङि्सर ०२, २०७९
आफ्नो सरकार बने २० लाख युवालाई रोजगारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन्। बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए। 

‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन्।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए। उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे।

उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए। उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए। चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।  आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए। 

उनले देशका युवाहरूलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने स्किम आएको आफूले सुनेको भन्दै आफ्नो पार्टीको स्किम सुन्न आग्रह गरे। भने, ‘हामीले सरकार बनायौं भने सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा फ्रि टिकटमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्ने छौ।’

उनले आफ्नो पार्टीलाई सरकार बनाउने बहुमत दिए विदेशमा काम गरिरहेका युवाहरूलाई यही देशमा रोजगारी दिने र बिस्तारै २० लाख युवाले यहि देशमा रोजगारी पाउने अवस्था बनाउने बताए। 
 

प्रतिक्रिया