Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०२:३८

रुसद्धारा युक्रेनमाथि भीषण हवाई हमला

सम्बाददाता सम्बाददाता
शुक्रबार, मङि्सर ०२, २०७९
रुसद्धारा युक्रेनमाथि भीषण हवाई हमला

एजेन्सी: रुसले युक्रेनी भौतिक पूर्वाधारमा भीषण हवाई हमला गरेको छ। हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन्। 

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्। इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरिएको घोषणा तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन। युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्ध विभीषिका चर्काएको छ। 

प्रतिक्रिया