Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:३२

नेपाल-भारत जोड्ने सीमानाका बन्द, चुनावी प्रचारप्रसार गर्न नपाइने

सम्बाददाता सम्बाददाता
शुक्रबार, मङि्सर ०२, २०७९
नेपाल-भारत जोड्ने सीमानाका बन्द, चुनावी प्रचारप्रसार गर्न नपाइने

नेपाल भारत जोड्ने दार्चुलासहित देशभरका सीमानाका हिजो मध्यराती १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् । 

आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७२ घण्टा सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। अन्तराष्ट्रिय कानुन अनुसार ७२ घण्टा सबै सीमा नाका बन्द गर्न लागिएको उनले बताए । 

दार्चुलाको लाली, उकु, जोलजिवि, दत्तु, खलंगा, तिकंम, बडूगाउँ, सीतापुल लगायत सबै सीमा पुल अब निर्वाचन सम्पन्न भएपछि मंसिर ५ गते विहानदेखि मात्रै खुल्नेछन् । देशभरका सबै अन्तराष्टिय सीमा नाका तीन दिनका लागि बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दार्चुलासंग सीमा जोडिएका नाका बन्द रहने बताइएको छ । यसैबिच सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुने बताइएको छ । यद्धपी अधिकासं विद्यालय यसअघि नै बन्द भइसकेका छन् ।

आसन्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समय’ मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । मंसिर १ गते आज राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको छ ।

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु ४८ घण्टा अघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रभित्र क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान समेत निषेध गरेको छ ।

प्रतिक्रिया