Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:३२

दार्चुलामा निर्वाचन महासंग्राम: सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुदाँ दुई घाइते

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक २७, २०७९
दार्चुलामा निर्वाचन महासंग्राम: सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुदाँ दुई घाइते

दार्चुला नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा कार्यकर्ताबिच दोहोरो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी र एमालेका निरे ठगुन्ना घाइते भएका छन् ।

आइतबार एमाले दार्चुलाले आयोजना गरेको गाउँपालिकामा गाउँपालिकास्तरीय चुनावी सभाका क्रममा दुबै पक्षबिच विवाद सुरु भएको प्रहरीले जनाएको छ ।

दोहोरो झडपमा परि गठबन्धन तर्फका धामी र एमाले कार्यकर्ता ठगुन्ना गम्भिर घाइते भएका तथा धामीको खुट्टा र टाउकोमा चोट लागेकाले थप उपचारका लागि धनगडी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता राजेश शाहीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया