सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ।
८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो।
सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। क्षतिबारे भने विवरण आउन बाँकी रहेको जनाइएको छ।
यसअघि गत कार्तिक २३ गते बिहान २:१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परि डोटीका ६ जनाको मृत्यु भएको थियो भने १ सय ५० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति भएको थियो ।
प्रतिक्रिया