Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२८

दार्चुलाको लेकम गाउँपालिकामा माओवादीका आर.डी जोशी निर्वाचित

Wide Nepal News
सोमबार, जेठ ०२, २०७९
दार्चुलाको लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् । आइतबार मध्यरातमा सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसको समेत समार्थन पाएका जोशीले २ हजार ९७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी परमानन्द जोशीले २ हजार ४४५ मत पाएका छन् । एकीकृत समाजवादीका नरेन्द्र रावलले ८३ र स्वतन्त्र उम्मेदवार दयालु नाथले ३८ मत पाए ।
उपप्रमुखमा एमालेकी माधवी जोशी विजयी भएकी छन् । उनले २ हजार २८५ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुना जोशीले २ हजार ५५४ मत पाएकी छन् । उनलाई माओवादी केन्द्रको समर्थन थियो ।

प्रतिक्रिया