Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:४३

मतदाता शिक्षालाई प्रभावकारी बनाउन शैल्यशिखरमा नमूना मतदान

सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक २४, २०७९
मतदाता शिक्षालाई प्रभावकारी बनाउन शैल्यशिखरमा नमूना मतदान

आसन्न संसदीय निर्वाचनलाई प्रभावकारी बनाउन दार्चुलाको शैल्यशिखर नगरपालिकामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाको आयोजनामा शैल्यशिखर नगरपालिका कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा ५८ जनाले मतदान गरेका थिए । जसमा ८ प्रतिशत मत बदर भएको जनाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आसन्न संसदीय निर्वाचनमा नमूना मतदानका माद्यमबाट मतदाता शिक्षामा वृद्धि गर्ने तथा विगतका निर्वाचनमा जस्तो मत बदर हुने कार्यलाई न्युनिकरण गर्ने उद्धेश्यले जिल्लाका नौवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिंह धामीले जानकारी दिए । 

नमूना मतदान कार्यक्रममा केही मतदाताहरुले प्रतिनिधि सभा र प्रदेश प्रत्यक्षतर्फको मत तथा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फको मत समेत छुट्टाछुटै मतपेटिकामा खसालेको समेत पाइएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । 

जिल्लाका सुगम क्षेत्रमा मात्रै नमूना मतदान कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण क्षेत्रमा नमूना मतदान सञ्चालन गर्न जिल्ला निर्वाचन कार्यालय दार्चुलालाई सहभागीहरुले सुझाव दिएका छन् । 

ग्रामीण क्षेत्रमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा ठूलो संख्यामा मत बदर भइ खेर जाने गरेको गुनासो सहभागिहरुले गरेका थिए । 

नमुना मतदानमा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीसहितका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लयागत स्थानीयको सहभागिता रहेको थियो ।

यसअघि गत आइतबार जिल्ला सदरमुकाम खलंगास्थित खुलामञ्चमा नमूना मतदान कार्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया