Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:१४

दार्चुलाबाट गठबन्धनका उम्मेदवारलाई जीताएर पठाउनुहोस् तीनै जनालाई मन्त्री बनाउछौं: देउवा

सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड गोकुलेश्वरमा, नेपाल आएनन्
सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक २३, २०७९
दार्चुलाबाट गठबन्धनका उम्मेदवारलाई जीताएर पठाउनुहोस् तीनै जनालाई मन्त्री बनाउछौं: देउवा

प्रधानमन्त्री एव नेपाली कांग्रेशका पार्टी सभापति शेरबहादुर देउवाले नेपालले जारी गरेको चुच्चे नक्सामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुट बोलेको बताउनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धको चुनावी सभालाई दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल सबै राजनीतिक दलहरु मिलेर नयाँ नक्सा जारी गरेका हौँ चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै दल मिलेर पासगरेको नक्सा ओलीले मात्रै कसरी ल्याए ।” प्रधानमन्त्री देउवाले भन्नुभयो “दार्चुलामा आएर भूमि फिर्ता ल्याउँछौ भनेर मात्रै हुदैन । यसको लागि भारतमा गएर सम्वाद गर्नुपर्छ ।” 

अहिलेको भूमि भारतसँग लडेर ल्याउन नसकिने उल्लेखगर्दै थप्नुभयो, “भूमि त्यहीँ छ, सम्वाद गरेर पहल गर्नुपर्छ । भुमि दार्चुलामा भएको थाहाँ छ । सबै मिलेर राष्ट्यिता बलियो बनाउन लाग्नुपर्छ ।”
अहिलेको गठबन्धनप्रति शंका नगर्न आग्रह गर्दै भन्नुभयो यो नेपालको हितमा बनेको हो । अहिले मात्र नभई भविष्यसम्म यो कायम रहन्छ । चुनावीसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग गोकुलेश्वर पुग्नुभएका प्रधानमन्त्री देउवाले ढुक्क भएर गठबन्धनका उम्मेदवार जिताउन आग्रह गर्नुभयो । 

उहाँले दार्चुलाबाट गठबन्धनका तिनै उम्मेदवार जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वासन समेत दिन भ्याउनुभयो ।

गठबन्धन बाह्रे बुदेबाटै भएको हो  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काग्रेससँगको गठबन्धन अहिले बाह्र बुदे समझदारी पत्रमा हस्ताक्षर गर्नेबेला देखि नै भएको बताउनुभयो । लोकतान्त्रिक बाम गठबन्धको चुनावीसभालाई दार्चुलाको गोकुलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले गिरीजाप्रसाद कोइराला र आफुबीच बाह्र बुदे समझदारीबाटै गठबन्धन भएको बताउनुभयो ।

हाम्रो गठबन्धन समझदारी पत्रमा हस्ताक्षर गर्ने बेलामै भएको हो । गिरीजाबाबुले हस्ताक्षरपछि लालसलाम र आफुले जयनेपाल भनेर गठबन्धनको सुरुवात गरेको प्रसँग निकाल्नुभयो । “यो गठबन्धनको विशेष महत्व छ,” उहाँले भन्नुभयो, “राष्ट्यिताको रक्षा, देशको विकास र सम्बृद्धिका लागि बनाएका हौँ ।”

ओलीले संविधान विखण्डन गरेर ध्वोजा ध्वोजा बनाइरहेको बेला हामीहरुबीच संविधान रक्षाको लागि गठबन्धन बनेको छ । अहिले पनि संविधान विरोधीहरुको गठबन्धनको नेतृत्व ओलीले गरेको भन्दै प्रचण्डले भन्नुभयो, अब ओली पार्टी हैन कम्पनी मात्रै रह्यो ।

धेरैले माओवादीको निसानामा देउवा र देउवाको निसानामा प्रचण्डरहेको प्रसँग निकाल्ने गरेको बताउने गरेको भन्दै प्रचण्डले भन्नुभयो, त्यो विषम परिस्थिति थियो । यतिमात्र हैन हामी दुई बीच शान्तिवार्ताको प्रक्रियासमेत थालनी भएको हो । 
दार्चुलामा भएको चुनावीसभापछि काग्रेस सभापति देउवा र अध्यक्ष प्रचण्ड बैतडीमा हुने चुनावीसभालाई सम्बोधन गर्न हिडेका छन् ।

प्रतिक्रिया