Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०५:५३

दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्न आज गठबन्धनका शीर्ष नेता आउदैं

सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक २३, २०७९
दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्न आज गठबन्धनका शीर्ष नेता आउदैं

नेपाली कांग्रेशका सभापति एवम् प्रधानमन्त्री सेरबहादुर देउवा सहित सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताहरु आज दार्चुला र बैतडीमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न आउने भएका छन्। 

देउवासित  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कात्तिक २३ गते अर्थात आज बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

उनीहरुले आज बिहान ११ बजे दार्चुलाको गोकुलेश्वर तथा दिउँसो १ बजे बैतडीको पाटनमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्न कार्यक्रम रहेको छ । 

कात्तिक २३ गते नै कैलालीको निर्वाचन क्षेत्र ३ को सुखडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने बताइएको छ। 

प्रतिक्रिया