Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०८:२०

सुदूरपश्चिममा भुकम्प: ६ जनाको मृत्यु, खतरा अझै बाकीँ रहेकाले सतर्क रहन आग्रह

सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक २३, २०७९
सुदूरपश्चिममा भुकम्प: ६ जनाको मृत्यु, खतरा अझै बाकीँ रहेकाले सतर्क रहन आग्रह

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ। 

भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ। यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए।

यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मिनबहादुर साउँदले बताए। जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका अधिकांश घरमा क्षती भएको छ। अन्य ठाउँमा पनि क्षति भएको र क्षतिको यकिन विवरण आउँन बाँकी रहेको उनले बताइन्।  

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का कैलालीसहित सुदूर पहाडका सबै जिल्लामा महशुस गरिएको थियो। 
 

प्रतिक्रिया