Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०८:५६

दार्चुलाको शसस्त्र प्रहरी बलले सुदूरपश्चिमका ४ जिल्लामा निर्वाचन सुरक्षा दिदैं

सम्बाददाता सम्बाददाता
मङ्गलबार, कार्तिक २२, २०७९
दार्चुलाको शसस्त्र प्रहरी बलले सुदूरपश्चिमका ४ जिल्लामा निर्वाचन सुरक्षा दिदैं

संसदीय निर्वाचनको महासंग्रामको मिति नजिकीए संगै निर्वाचन सुरक्षार्थ दार्चुलाबाट सुदूरपश्चिम प्रदेशको दार्चुलासहित ४ जिल्लामा सशस्त्र प्रहरी बल खटिएको छ । 

केन्द्रीय निर्वाचन सुरक्षा नीति अनुसार बैतडी, बझाङ र अछामको निर्वाचन सुरक्षाका लागि दार्चुलाबाट सशस्त्र प्रहरीको टालि खटिएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाले जनाएको छ ।

दार्चुलाको निर्वाचन सुरक्षामा खटिने जनशक्ती यथावत राखेर बाकीँ जनशक्तीउक्त जिल्लाहरुमा पठाइएको सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्बरबहादुर बिष्टले जानकारी दिए । ४४ नम्बर गण दार्चुलाबाट गत आइतबार टोली परिचालन भइ सम्बन्धित जिल्लामा निर्वाचन सुरक्षा दिइरहेको बताइएको छ । 

निर्वाचन सुरक्षामा दार्चुलाबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिने सशस्त्र प्रहरी टोलीलाई गणपति विष्टले निर्वाचनमा खटिएर भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका छन् । 

प्रतिक्रिया