Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०९:०४

निर्वाचनमा मिडिया र पत्रकारको भूमिका सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक २०, २०७९
निर्वाचनमा मिडिया र पत्रकारको भूमिका सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

निर्वाचनमा मिडिया र पत्रकारको भुमिका सम्बन्धी दार्चुलामा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । निर्वाचन कार्यालय दार्चुलाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुसंग निर्वाचनमा मिडिया र पत्रकारहरुको भुमिका सम्बन्धी एकदिने अन्तक्रिया कार्यक्रम संचालन गरिएको हो । 

भावना सभाहलमा संचालन गरिएको अन्तक्रिया कार्यक्रममा निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिह धामीले निर्वाचनमा संचारमाध्यमको भुमिकाबारे जानकारी गराएका थिए ।

निर्वाचनमा प्रधानमन्त्री, मन्त्री, जनप्रतिति,राजनितिक  दल,उम्मेदवार,शिक्षक,कर्मचारी,सुरक्षाकर्मी लगायत पत्रकारको भुमिका र आचारसंहिताबारे निर्वाचन कार्यालय दार्चुलाका प्रमुख धामीले जानकारी गराउनु भएको थियो । त्यस्तै उहाँले उम्मेदवारी दर्ता देखि निर्वाचन सम्पन्न हुँदा सम्म सरोकारवाला पक्षले खेल्नुपर्ने भुमिकाबारे जानकारी गराएका थिए । अन्तरक्रिया मार्फत मंसिर ३ गते अर्थात निर्वाचन हुने भन्दा एक दिन अगाडी सम्म १८ वर्ष पुरा भई मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाइने व्यवस्था रहेको बताएका छन् । 

त्यस्तै नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष लक्ष्मणसिह धामी निर्वाचनमा मिडिया र पत्रकारहरुको भुमिकाबारे जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष धामीले निर्वाचनका विषयमा स्वच्छ रिपोर्टिङ कसरी गर्ने, निर्वाचनका विषयसँग जोडिएका समाचार स्रोतहरु, निर्वाचनका सरोकारवाला पक्ष, निर्वाचन कस्तो हुनुपर्छ, मतदाता र मतदान, मतदान पूर्वका गतिविधि, निर्वाचनको दिनका गतिविधि र मतदानपश्चातका क्रियाकलापहरुका गर्ने रिर्पोटिङका वारेमा सहभागी संचारकर्मीहरुलाई जानकारी गराएका थिए ।

उनले निर्वाचनको बेला मिडियाको समाचारको जोखिम, निर्वाचनमा मिडिया र पत्रकारले गर्न नहुने कार्य, मिडिया र पत्रकारले बिर्सन नहुने विषय, समाचारको भाषाशैली र  निर्वाचन आचरसंहिता–२०७९ बारे  समेत प्रष्ट पारेका थिए ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष लक्ष्मणसिह धामीले पेशागत मर्यादामा रहेर मात्रै रिर्पोटिङ गर्नुपर्ने बताएका छन् ।त्यस्तै पत्रकारिता सिद्धान्तमा अडिग रहि पत्रकार आचारसंहिता र निर्वाचन आचार संहिता पालना गर्दै नागरिक प्रति उत्तरदायीत्व भएर सामाचार संकलन गर्नुपर्ने बताएका थिए । 

नमुना मतदान कार्यक्रममा केही मतदाताहरुले प्रतिनिधि सभा र प्रदेश प्रत्यक्षतर्फको मत तथा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फको मत समेत छुट्टाछुटै मतपेटिका खसालेको समेत पाइएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले शहरी क्षेत्रमा मात्रै नमूना मतदान कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण क्षेत्रमा नमूना मतदान सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका छन् । यसरी हेर्दा यो पटक मतदानमा धेरै मत बदर हुने आकलन समेत गरिएको छ ।

ग्रामीण क्षेत्रका धेरै नागरिकलाई मतदान गर्ने तरीकाका बारेमा थाहा नहुँदा समस्या हुन सक्ने आँकलन गरिएको हो । तर निर्वाचन कार्यालयले भने धेरै पटक निर्वाचन भइसकेकाले मतदाता नअलमलिने दाबी गरेको छ । नमुना मतदानमा कर्मचारी, सर्वसाधारण देखि संचारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया