Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:४७

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कार्तिक २३ गते देउवा, प्रचण्ड र नेपाल गोकुलेश्वर आउने

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक २०, २०७९
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कार्तिक २३ गते देउवा, प्रचण्ड र नेपाल गोकुलेश्वर आउने

सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताहरु नेपाली कांग्रेशका सभापति सेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दार्चुला आउने भएका छन् । 

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनलाई लक्षित गरेर सत्तारढ गठबन्धनका शीर्ष नेतात्रय देउवा, प्रचण्ड र नेपाल यहीं कार्तिक २३ गते दार्चुलाको गोकुलेश्वर आउने कार्यक्रम रहेको दार्चुलास्थित गठबन्धनका नेताहरुले जनाएका छन् । 

दार्चुलामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेशका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा एकिकृत समाजवादीका अध्यक्ष नेपाल दार्चुलाको गोकुलेश्वर आउन लागेका माओवादी केन्द्र दार्चुलाका नेता अशोकसिंह धामीले बताए । 

प्रतिनिधि सभाका लागि १ मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट नेपाली कांग्रेशका केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार     रहेका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेश दार्चुलाका नेता विक्रमसिंह धामी र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामी (सन्तोष) उम्मेदवार रहेका छन् । 

सत्ता साझेदार दलका तीनै जना शीर्षस्थ नेताहरु दार्चुला आउने कार्यक्रम तय भएपछि जिल्लामा गठबन्धनले आवस्यक तयारी थालेको उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री बडूका सचिवालय सदस्य रुपेश बिष्टले जानकारी दिए । 

यसअघि गत कार्तिक १८ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दार्चुला सदरमुकाम खलंगामा आयोजित एमालेको चुनावी आम सभालाइृ सम्बोधन गर्न दार्चुला पुगेका थिए । 

प्रतिक्रिया