Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०६:०७

प्रचण्ड र देउवाको गहिरो लभ परिसक्योः खगराज भट्ट

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक १९, २०७९
प्रचण्ड र देउवाको गहिरो लभ परिसक्योः खगराज भट्ट

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा डडेलधुरा प्रदेश (१) का उम्मेदवार खगराज भट्टले देउवा राष्ट्रकै नेता भएको बताएका छन्। शनिबार डडेलधुराको अजेयमरु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन्। 

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गाढा सम्बन्ध भैसकेको दाबी गरेका छन। प्रचण्ड र देउवाको लभ नै परिसकेको नेता भट्टको दाबी छ। 

‘मैले भनिरहेको छु प्रचण्ड र देउवाको लभ परिसक्यो,’ उनले भने,  ‘प्रचण्डले मलाई इतिहास रुपमा जिताएर ल्याउन निर्देशन दिनु भएको छ। देउवाको टिमलाई जिताएर पठाउनु भयो भने डडेल्धुराको मुहार फेरिनेछ।’ देउवा यो देशको अपरिहार्य भएको उनको भनाइ छ। 
 

प्रतिक्रिया