Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:०३

एमाले अध्यक्ष ओली भोलि दार्चुला आउदैं, खुलामञ्च चिटिक्क पारियो

सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक १७, २०७९
एमाले अध्यक्ष ओली भोलि दार्चुला आउदैं, खुलामञ्च चिटिक्क पारियो

एमालेको देशव्यापी चुनावी अभियानको उद्घाटन तथा जिल्ला भेलालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भोलि बिहान ११ बजे दार्चुला आउने भएका छन् । 

एमाले दार्चुलाले राष्ट्रव्यापी चुनावी अभियान अन्तर्गत पहिलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।  अध्यक्ष ओली आउने कार्यक्रमको तयारी झण्डै पूरा भइसकेको प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए। उनका अनुसार ओलीको दार्चुला भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गरेको छ। कार्यक्रमस्थल सजाउने काम सकिएको र तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। खलंगामा हुने चुनावी सभामा एमालेले जिल्लाभरिका मानिस भेला उनको दाबी छ। 

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको दार्चुला भ्रमण हुन लागेको हो। यसअघि ओली ०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए। ९ वर्षपछि पुनः ओली दार्चुला जान लागेका हुन्। यसअघि ओली ०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए।

यस्तै भोलि नै एमाले अध्यक्ष ओलीले दार्चुलामा देशव्यापी चुनावी अभियानको सुरुवात गरेर एमाले बैतडीद्धारा  पाटनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्न त्यसतर्फ जाने कामर्यक्रम रहेको बताइएको छ । ४० जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हेलिकप्टरको प्रयोग गर्न उनले निर्वाचन आयोगबाट अनुमती समेत लिइसकेका छन् । 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आएका एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। 

उनका अनुसार ओलीले आज साँझ धनगढीमा आज र भोलि यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए। एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ। त्यसैका लागि ओली सुदूरपश्चिम आएका हुन् । 

उनका अनुसार ओली आज साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए। एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ। त्यसैका लागि ओली सुदूरपश्चिम आउँदैछन्। 

‘ओली सरकारकै बेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली नक्सामा राखिएको थियो,’ उनले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ। अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ।’ एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने पाठकको जिकिर छ।

यस्तै भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको उनको दाबी छ। दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। यस्तै भोलि नै  दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन्।

प्रतिक्रिया