Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३९

दार्चुलाको ग्वानीमा हाइस दुर्घटना, ३ जनाको घटनास्थलमा मृत्यु

Wide Nepal News
सोमबार, जेठ ०२, २०७९
दार्चुलामा हाइस दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानीमा सोमबार (बिहान) म १ ज २७७ नम्बरको हाइस सडक सतहबाट झण्डै १ किलोमिटर तल (रोला खोला) भन्ने स्थानमा खसेको स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिएका छन् । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउने क्रममा हाइस दुर्घटनामा परेको खुलको छ । दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।
मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।

प्रतिक्रिया