Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:०८

भारतले महाकाली नदी किनारमा तटबन्ध निर्माण गरेपछि दार्चुलाबासी आक्रोशित,

नेपालतर्फ क्षती पुग्ने गरि महाकालीमा भारतीय पक्षद्धारा तटबन्ध निर्माण
सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक १६, २०७९
भारतले महाकाली नदी किनारमा तटबन्ध निर्माण गरेपछि दार्चुलाबासी आक्रोशित,

नेपालतर्फ दार्चुला जिल्ला सदरमुकाम तथा भारततर्फ धारचुलास्थित महाकाली नदी किनारमा भारतीय पक्षले तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका छन्। उनीहरुले एकतर्फी रुपमा भारतले सीमावर्ती नदी महाकालीमा तटबन्ध गरिरहेको भन्दै खलंगा व्याँस सडकखण्ड समेत अवरुद्ध पारेका थिए । 

भारतीय स्काभेटरले नेपाली भूभागबाट ढुंगा लगेपछि विवाद भएको स्थानीयले बताए। स्काभेटरको प्रयोग गरी नेपालबाट ढुंगा लग्न नपाउने र नेपाली भूभागमा क्षती पुर्याउने गरी तटबन्ध निर्माण भइरहेकोमा बिरोध गर्दै आक्रोशित स्थानीयले बुधबार (आज) बिरोधस्वरुप भारततर्फ ढुंगा प्रहार समेत गरेका छन्।

दार्चुला सदरमुकामको बंगाबगड क्षेत्र भन्दा ठिक पारि भारतले गतवर्षदेखि एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ। अन्र्तराष्ट्रिय कानूनलाई उल्लंघन गर्दै भारतले पटक–पटक सीमा क्षेत्रमा यस्ता गतिविधि बढाएपछि स्थानीय आक्रोशित भएका हुन् ।

उनीहरुले आज पनि व्यासँ सडक ४ घण्टा अबरुद्ध गरे। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भारतीय समकक्षीसँग वार्ता गर्ने बताएपछि अबरुद्ध सडक सञ्चालनमा आएको छ।

भारतीय पक्षले लामो समयदेखि रोकेको तटबन्ध निर्माणको काम मंगलबारबाट पुनः सुरु गरेको थियो। बिहीबार भारतीय अधिकारीसँग जिल्ला प्रशासन कार्यालयमा तटबन्धबारे छलफल हुनेछ।

प्रतिक्रिया