Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०२:४६

अनावस्यक कर्मचारी भर्ना गरेको आरोप लगाउदैं शैल्यशिखर नगरपालिकालाई २४ घण्टे अल्टिमेटम

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक १४, २०७९
अनावस्यक कर्मचारी भर्ना गरेको आरोप लगाउदैं शैल्यशिखर नगरपालिकालाई २४ घण्टे अल्टिमेटम

दार्चुला । आर्थिक अनियमितता र अनावस्यक कर्मचारी भर्ना गरेको आरोप लगाउदैं नेपाली कांग्रेश र माओवादी केन्द्र निकट नेता तथा कार्यकर्ताले शैल्यशिखर नगरपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन् । 

सोमबार (आज) शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई भेटेर जिल्लास्थित गठबन्धनका नेता तथा कार्यकर्ताले पछिल्लो समय नगरपालिकामा आर्थिक अनियमितता बढेको तथा अनावस्यक रुपमा विभिन्न शिर्षकमा कर्मचारी भर्ना गरेको गरिएको बताउदैं नेपालको संविधानले उपलब्ध गराएको मौलिक हक अन्तर्गत प्रत्येक नागरिकले प्राप्त गर्नुपर्ने सूचनाको हकलाई प्रयोग गरेर विवरण माग गरिएको तरुण दल शैल्यशिखर नगर संयोजक सुरेशसिंह बिष्टले जानकारी दिए । 

नगरपालिकालाई आर्थिक वर्ष २०७९।८० मा मिति २०७९ असार १ गतेदेखि आजका मिति सम्ममा भएका आर्थिक गतिविधी र भर्ना गरिएका कर्मचारी विवरण माग गरिएको तथा नगरपालिकाले उपलब्ध गराउन नमानेपछि २४ घण्टे अल्टिमेटम दिइएको बिष्टले बताए । 

यसैबिच गठबन्धनका जिल्लास्थित नेता तथा कार्यकताले आसन्न संसदीय निर्वाचनलाई प्रभावित गर्ने उद्धेश्यले भइरहेका अनावस्यक कर्मचारी नियुक्त, सरुवा तथा आर्थिक कारोबार जस्ता आचारसंहिता विपरितका कार्य नगर्न शैल्यशिखर नगरपालिकालाई आग्रह गरेको छ । 

आर्थिक तथा कर्मचारी कर्मचारी विवरण उपलब्ध गराउन माग राख्दै शैल्यशिखर नगरपालिकाका पूर्व मेयर एवम् नेपाली कांग्रेशका नेता अमरसिंह धामी, माओवादी केन्द्रका शैल्यशिखर नगर सचिव अशोकसिंह धामी, तरुण दलका नगर संयोजक सुरेशसिंह बिष्ट लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया