Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ११:०८

निर्माणाधीन चमेलिया लिफ्टीङ खानेपानीबाट १४ सय परिवार लाभान्वित हुने, ठगुन्नाले गरे निरीक्षण

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक १३, २०७९
निर्माणाधीन चमेलिया लिफ्टीङ खानेपानीबाट १४ सय परिवार लाभान्वित हुने, ठगुन्नाले गरे निरीक्षण

पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले लेकम गाउँपालिकास्थित कुणीमा निर्माणाधीन रहेको सुदूरपश्चिमकै ठूलो चमेलिया लिफ्टीङ खानेपानी योजनाको अनुगमन गरेका छन् । आसन्न संसदीय निर्वाचनमा दार्चुदाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ठगुन्नाले गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने निर्माणाधिन खानेपानी योजनाको स्थलगत निरीक्षण गरेका हुन् । 

चुनावी प्रचारप्रसारको क्रममा लेकम पुग्नुभएका उम्मेदवार ठगुन्नाले योजनाको प्रगति अवस्थाबारे जानकारी लिएका हुन् । 

उनले वर्षौदेखि खानेपानी अभावमा समस्या झेल्दै आएका लेकमबासीको लागि गौरबको योजनाको रुपमा खानेपानी योजना अघि बढेको बताए ।

लेकम क्षेत्रका १ हजार ४ सय घरधुरीमा खानेपानी पुर्याउने गरी निर्माण कार्यअघि बढेको प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले बताउनुभयो । " निकै मेहनत गरि सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्याउँदैछौ । खानेपानी नभएर वस्ती छोड्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ ।" ठगुन्नाले थपे, "लेकम मात्र नभई आफु सांसद भएको बेला लिफ्टीङ र पम्पिङ खानेपानीमार्फत मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको काडापारी, बन्तोली, लगायतका विकट वस्तीमा खानेपानी पुगेको छ ।"

सायद घरबाहिर को तस्बिर हुनसक्छ

दार्चुला सदरमुकाम खलंगामा साना सहरी खानेपानी सञ्चालन गरिएको छ । यहाँका ग्रामीण बस्तीहरुमा एक घर एक धारा योजनाहरु सञ्चालनमा रहेका छन् ।

"लेकम क्षेत्रलाई सडकले जोड्ने गरी निर्माण कार्य भइरहेको छ । लेकमको मुहार फेर्न अब धेरै समय लाग्दैन् ।" उनले भने, "सम्बृद्ध लेकम बनाउन हामी प्रतिबद्ध छौ ।"

यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशीले आफ्नो निर्वाचन क्षेत्रभित्र निर्माण सम्पन्न बाँकी रहेका योजनाहरु आफ्नो कार्यकालमा पूरा गर्ने बताए। "तपाई हामीलाई मत दिएर जिताउनुहोस ।" उनले भने, "एमालेले सुरु गरेका र गर्न बाँकी काम पूरा गर्न बचनबद्ध छौ ।" 

प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा उम्मेदवार हरदेब जोशी नेतृत्वको टोली आज कौली हुँदै लाली पुग्ने योजना रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

यस्तै प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली नौगाड गाउपालिका वडा नम्बर २ दल्लेख भारानी, चौरीगाउँ, गोदानी हुँदै वडा नम्बर ३ कैदमलेक, देउलाडमुल हुँदै खार पुगेको छ ।

प्रतिक्रिया