Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ११:३६

बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार जोशी विजयी

Wide Nepal News
सोमबार, जेठ ०२, २०७९
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा निक्कै चासोका साथ हेरिएको बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको बैतडी नेतृत्वले आफूमाथि अन्याय गरेको भन्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिइ गत चैत्र २७ गते डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका जोशीले सत्तारुढ गठबन्धनका उम्मेदवार लोकेन्द्र राना (शितल) लाई पछि पार्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । बैतडीसहित सुदूरपश्चिममा लोकप्रिय छवि बनाएका जोशी डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिइ निर्वाचित भएपछि अहिले देश तथा विदेशबाट उनका शुभेच्छुकहरुमा खुशियाली छाएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम अध्यक्षको जिम्मेवारीबाट गत बैशाख १२ गते पार्टी केन्द्रिय कार्यालयमा राजिनामापत्र बुझाइ स्वतन्त्र उममेदवारी दर्ता गरेका जोशीले बैशाख १७ गते निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका थिए ।

प्रतिक्रिया