Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०८:१४

स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ११, २०७९
स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

दार्चुलामा एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

जिल्लाको अपिहिमाल गाउँपालिका ३ का निर्मला धामीलाई सुत्केरी व्यथा लागेपछि खण्डेश्वरी स्वास्थ्य चौकीमा भर्ना गरिएको तथा उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिए पछि नेपाली सेनाको हेलिकप्टरबाट धामीलाई सुर्खेत लगिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउदले जानकारी दिए । 

गर्भवती धामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' अन्तर्गत थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर NA-055 मार्फत् सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

खण्डेश्वरी स्वास्थ्य चौकीका अनुसार भिडियो एक्सरे गरेर हेर्दा एमुनिटिक फ्लुडको मात्रा कम देखिएको कारण रेफर गरिएको हो । 

प्रतिक्रिया