Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ १०:३६

धामीगाउँमा पहिलो पटक बिजुली पुग्यो, अध्यक्ष जोशीले मनाए स्थानीयसित दीपावली

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक ०७, २०७९
धामीगाउँमा पहिलो पटक बिजुली पुग्यो, अध्यक्ष जोशीले मनाए स्थानीयसित दीपावली

दशकौंदेखि अन्धकारमय डिलासैनी गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ७ स्थित धामीगाउँमा पहिलोपटक लक्ष्मी पूजाको साँझ बिजुली बत्ती बलेको छ ।

डिलासैनी गाउँपालिकाको 'उज्यालो डिलासैनी अभियान' अन्तर्गत गाउँपालिकाको केन्द्र धामीगाउँ सहित आसपासका क्षेत्रमा पहिलो पटक गाउँमा बिजुली बत्ती बल्दा स्थानीय हर्षित भएका छन् । 

लक्ष्मीपूजाको अवसर पारेर आज वडा नम्बर ७ का बसन्तपुर, धामीगाउँ लगायतका स्थानमा ११ केभिए मुख्य लाइनमा विद्युत प्रसारण गरिएको डिलासैनी गाउँपालिकाले जनाएको छ । 

यसैबिच गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट  सहितको टोलिले गाउँपालिकाको केन्द्र रहेको धामीगाउँमा पहिलोपटक विद्युत प्रसारण भएको खुसीयालीमा यस वर्षको दीपावली डिलासैनी गाउँपालिकाको कार्यालयमा मनाएका छन् । 

प्रतिक्रिया