Wide Nepal News शनिबार ०६, बैशाख २०८२ ११:०५

एमाले अध्यक्ष ओली दार्चुला आउदैं

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक ०७, २०७९
एमाले अध्यक्ष ओली दार्चुला आउदैं

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुला आउने भएका छन् । 

अध्यक्ष ओलीले एमालेको चुनावी राष्ट्रव्यापी अभियान कार्यक्रमको उद्घाटन गर्न दार्चुला आगामी कार्तिक १८ गते दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिएका छन् । 

दार्चुला सदरमुकाम खलंगास्थित खुला मञ्चमा कार्तिक १८ गते पार्टीका केन्द्रिय अध्यक्ष ओलीले एमालेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्ने तथा राष्ट्रव्यापी चुनावी अभियानको दार्चुलाबाट समुद्घाटन गरिने एमाले दार्चुलाका उपसचिव बडालले बताए ।  

निर्वाचन आउन अब जम्माजम्मी २७ दिन बाकी रहदा दार्चुलामा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना आफू यसपटक पनि आफ्ना प्रतिद्वन्दी नेपाली काङ्ग्रेस र माओवादि केन्द्रका साझा उम्मेदवार समेत रहेका नेपाली काङ्ग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई पराजित गरि 'ह्याट्रीक' जीत निकाल्ने तयारीका साथ मतदाता भेटघाटमा होमिएका छन् । 

यस्तै प्रतिनिधि सभामा १ मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका तर्फबाट प्रदेश सभा १ मा हरदेव जोशी तथा प्रदेश सभा २ बाट रामदत्त जोशी पनि आआफ्नो क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया