Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४२

डिलासैनीमा 'जनतासंग जनप्रतिनिधी कार्यक्रम' : गाउँघरमा जनताका समस्या बुझ्दै अध्यक्ष जोशी

सम्बाददाता सम्बाददाता
शुक्रबार, साउन २०, २०७९
डिलासैनीमा 'जनतासंग जनप्रतिनिधी कार्यक्रम' : गाउँघरमा जनताका समस्या बुझ्दै अध्यक्ष जोशी

बैतडीको डिलासैनी गाउँपालिकाले जनतासंग जनप्रतिनिधी कार्यक्रमको थालनी गरेको छ । 

गाउँपालिकाले आर्थिक बर्ष २०७९।८० को आफ्नो बार्षिक निती तथा कार्यक्रममा समावेश गरे बमोजिम उक्त कार्यक्रम साउन २० अर्थात् आजबाट सुरु भइ आगामी भदौ ७ गतेसम्म संचालन रहने डिलासैनी गाउँपालिकाले जनाएको छ । 

'जनतासंग जनप्रतिनिधी कार्यक्रम'मा डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी सहित विभिन्न वडाका वडाध्यक्ष, वडा तथा कार्यपालिका सदस्य, गाउँपालिकाका प्रशासकीय अधिकृत, ईन्जिनियर तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहने बताइएको छ ।  

आजबाट शुभारम्भ गरिएको 'जनतासंग जनप्रतिनिधी कार्यक्रम'मा गाउँपालिकाका विभिन्न टोलबस्तीमा आफूहरु प्रत्यक्ष सहभागि भइ जनताका समस्या, गुनासा तथा आवस्यकताहरु सुन्ने र तिनको समाधानका लागि गाउँपालिकाले सोहिअनुसार रणनिती बनाउने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । 

गाउँपालिकाभित्र बाटोघाटो, शिक्षा, स्वास्थ्यको विकास गर्नेदेखि कुलो निर्माण गर्ने सम्मका सवालमा आवस्यकता हेरि सोहिअनुसार तिनको प्रभावकारिताका बारेमा अध्ययन गर्न र जनप्रतिनिधीसंग जनतालाई प्रत्यक्ष जोड्नका लागि कार्यक्रमको थालनी गरिएको अध्यक्ष जोशीले बताएका छन् । 

गाउँपालिकाले शुक्रबार वडा नम्बर ४ का विभिन्न टोलमा उक्त कार्यक्रमको आयोजना गरेको छ । आजबाट शुभारम्भ भएको 'जनतासंग जनप्रतिनिधी कार्यक्रम' आगामी भदौ ७ गतेसम्म संचालनमा रहने छ । 



प्रतिक्रिया